समाचार

भेरी अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

covid 19 dead body

२ मंसिर, बाँके । कोरोना सङक्रमणबाट आज भेरी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस