समाचार

गण्डकीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते

road accident

२ मंसिर, कास्की । गण्डकी प्रदेशअन्तर्गत आज नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् ।

नवलपरसी (पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ८६९४ नम्बरको स्कुटर एकापसमा ठोकिंदा स्कुटर चालक कावासोती नगरपालिका–१५ शेरगन्जका जीतबहादुर मर्दिनया र मोटरसाइकल चालक सोही नगरपालिका–१७ का निमबहादुर लामिछाने घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

त्यस्तै आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित पृथ्वी राजमार्गमा गोरखाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट मान्छे ओराल्ने क्रममा बसमा सवार म्याग्दे–७ का सोनम थापा अगाडिको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्निकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस