
३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको पूर्वनिर्धारित बैठकको समय जुधेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछाडि सारेका छन् ।
बुधबार बिहान दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका प्रधानमन्त्री ओलीले भर्खरै बैठक दुई बजेका लागि सारेको एक मन्त्रीले जानकारी दिए । मंगलबार मात्र ओलीले सचिवालय बैठक सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सन्देश पठाएका थिए। प्रचण्डले उक्त सन्देश अस्वीकार गरेका थिए ।
हरेक साता सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्दै आएको छ । यसपटक भने सोमबार तिहारको भाइटीका परेको थियो ।
प्रतिक्रिया दिनुहोस