विजनेश

दराजले तोड्यो ११.११ सेलका पछिल्ला रेकर्डहरु

daraz 11.11 offer

३ मंसिर, काठमाडौं । नेपालको अनलाइन बजार दराजले ११.११ सेलका सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११.११ सेल सुरू भएको पहिलो घण्टाभित्र दराजले २.२२ करोडको बिक्री दर्ता गरेको थियो । जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो ।

उक्त सेल डेमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो । ७ हजार भन्दा बढी विक्रेताहरूले २८ वटा विभिन्न शहरहरूमा व्यापार गर्न सफल भएको दराजको भनाइ छ । वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा वृद्धि देखियो । यो पुरै सेलको ४५ प्रतिशत थियो ।

दराजका अनुसार यो पटक ११.११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो । सेलको मुख्य हाइलाइटहरू मध्ये पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो ।

कोरोना महामारीका कारण बजारमा कम व्यापार भइरहेको छ । तर, ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान भएको दराजले बतायो । ‘यस्ता सेल अभियानहरु साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म हुन्छन् ।
ग्राहकहरूले पनि आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।

यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू र खरिदकर्ताहरु थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस