
३ मंसिर, काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको हो ।
अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस