बैँक / वित्त

रिलायन्स लाइफ व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

reliance

३ मंसिर, काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले आफ्नो व्यतित बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।

आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

सोको फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीले  विस्वास लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस