
३ मंसिर, काठमाडौं । विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता/भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस