
३ मंसिर, काठमाडौं । लगातार दुर्घटना भएपछि ग्राउन्डेड गरिएको बोइङको ७३७ म्याक्स विमानलाई २० महिनापछि पुनः यात्रुहरु बोक्न अनुमति दिइएको छ ।
३४६ जनाको ज्यान जाने गरी भएका लगातार दुई विमान दुर्घटनापछि बोइङको सबैभन्दा धेरै बिक्री भएको विमानलाई सन् २०१९ को मार्चमा विश्वभर ग्राउन्डेड गरिएको थियो । दुर्घटनापछि गरिएको अध्ययनमा प्लेनमा जडान गरिएको सुरक्षा उपायले विमानलाई तीव्र गतिमा उचाइ लिन रोक्ने र विमानको अग्रभागलाई तल पार्ने र दुर्घटना गराउने पाइएको थियो ।
विमानलाई उक्त समस्या सुधार गरेर पुनः उडानको अनुमति लिन एक वर्षभन्दा बढी समय लाग्यो । यसले बोइङलाई २० अर्ब डलर घाटा भएको कम्पनीले जनाएको छ । यस दौरान विमानको खरिद पनि रोकिएकाले यो गल्तीलाई कुनै कम्पनीले गरेको सबैभन्दा महँगो गल्ती बनाएको छ । अनुमति पाएसँगै विमानको सेयर ५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस