
४ मंसिर, काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन् । भारतिय मिडियाका अनुसार घरका तीन सदस्यमा कोरोना संक्रमण देखिएपछि सलमान आइसोलेसनमा बसेका हुन् ।
उनका एक ड्राइभरमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । हालै उनले फिल्म राधेको सुटिङ र बिग बोस होस्ट गरिरहेका छन् । उनी आइसालेसनमा बसेपछि काममा केही प्रभाव हुने बताइएको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमित कम देखिन थालेपछि बलिउड कलाकारले आफ्ना कामहरु शुरु गर्न थालेका छन् । सलमानले पनि हालै फिल्म राधेको सुटिङ सुरु गरेका छन् । यस फिल्ममा अभिनेत्री दिशा पाटनी पनि रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस