४ मंसिर, काठमाडौं । लगातार ओरोलो लागेको सुनको मूल्य आज (बिहीबार) तोलामा ७ सयले घटेको छ ।
बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच बिहीबार चादीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस