
४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट प्रहरीले एकजना युवकलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुरले नैकाप स्थित आर्किड कोलोनी नजिकै २३ वर्षीया महिलालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बुधवार साँझ महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस