समाचार

विप्लव समूहका पाल्पा जिल्ला इन्चार्ज पक्राउ

purna bahadur shahi

४ मंसिर, बुटवल । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत हुन् ।

पक्राउ परेका शाही र आलेको साथबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस