समाचार

नायव सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Bisesh Adalat

४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारी का अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस