समाचार

सभापति देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

sher bahadur deuba

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोना भाइरस सङ्क्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

साथै दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

यसैगरी सभापति देउवाले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर नौ जना नेपालीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै सो घटनाका अस्पतालमा उपचाररत अन्य घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जन्मदिन मनाउने क्रममा भएको रमाइलो जमघट मृत्युको कहाली लाग्दो स्थितिमा पुग्नु हृदयविदारक भन्दै सभापति देउवाले मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन र हङकङवासी नेपाली समुदायमा समवेदना व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस