बैँक / वित्त

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको गोलधापमा

sunraise bank jhapa

४ मंसिर, झापा । सन्‌राइज बैंकले झापाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ ।

सो शाखारहित बैंकिङ सेवा सञ्‍चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५३ पुगेको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ ।

अर्जुनधारा नगरपालिकाका मेयर राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेककुमार निरौलाले संयुक्त रुपमा शाखारहित सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यसाथ सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

हालसम्म सन्‌राइज बैंकले १३९ शाखा, ५३ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस