बैँक / वित्त

८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ सूचीकृत

SBL napse

४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको तीस लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ ।

बैंकले सर्वसाधारणसमक्ष एनएमबी क्यापिटल लिमिटेडमार्फत ३० लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ खुला बिक्री आह्‌वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस