समाचार

उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

school reopen

५ मंसिर, काठमाडौं । कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए। सबैले मास्क लगाई सामाजिक दूरी कायम गर्दै आयोजित सो कार्यक्रममा काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायत सहभागी थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस