
५ मंसिर । भारतको उत्तरप्रदेशको प्रतापगढ जिल्लामा बिहिबार अबेर राती सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । यसमा ६ बच्चा पनि समावेश छन् । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार प्रहरीले ड्राइभर निदाएको हुनसक्ने अनुमान गरेको छ ।
जिप यति नराम्रोसँग ठोक्किएको थियो कि त्यसको ढोका काटेर शव बाहिर निकाल्नुपरेको थियो । प्रहरी अधिकारीका अनुसार गाडीमा बसेका सबै एक विवाह समारोहबाट कुण्डा इलाकाको आफ्नो गाउँ फर्किरहेका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले मुख्यमन्त्रीले दुर्घटनामाथि दुःख जताउँदै अधिकारीलाई दुर्घटनास्थलमा जान र पीडितलाई हरसम्भव मद्दत गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस