
५ मंसिर, महोत्तरी । साथीको घरमा जाँदै गर्दा धनुषामा एक किशोरी बलात्कृत भएकी छिन् । उनलाई उखुबारीमा लगेर तीन जना युवाले बलात्कार गरेको बताइएको छ ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले बुधबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय राजेश महतो रहेका छन् । उनी महोत्तरीको बर्दिबासका हुन् ।
किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो ।
त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस