
५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, शुक्रबार नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने मृत्यु हुनेको संख्या १२७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस