समाचार

भारतमा एक नेपालीको ६५ हजार भारु लुटियो

theft

५ मंसिर, कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ। सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् ।

भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ ।

मगरका परिवारजनसँग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस