विश्व/प्रवास

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

mexico covid 19

५ मंसिर, काठमाडौं । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिनुभएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने– ‘मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।’ उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।

यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क्रमित थपिएका थिए । यो समेत गरी मेक्सिकोमा सङ्क्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस