समाचार

सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो

covid 19 dead body

५ मंसिर, सप्तरी । बोदे बर्साइन नगरपालिका–३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

निमोनियासम्वन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी जेष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस