समाचार

काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित

kathmandu valley

६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, शनिबार नेपालमा  थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९  पुगेको छ भने मृत्यु हुनेको संख्या १३०५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *