समाचार

प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छः मुख्यमन्त्री पौडेल

dormani poudel

६ मंसिर, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका छन् ।

हेटौंडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई आज शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा राखे । मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले भने ।

सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उनको भनाइ थियो । “प्रदेश राजधानी हेटौंडाबाट सञ्चालित सञ्चारमाध्यमले वाग्मती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस