समाचार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

bike accident

६ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ ।

डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस