समाचार

प्रदेश नं १ मा १३५ सङ्क्रमित थप

covid 19 test positive

६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३६८ कोरोना निको भएका छन् भने १३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितमध्ये ६७ महिला र ६८ पुरुष छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुनेमा होम आइसोलेसनका ३६५ छन् भने न्यूरो अस्पताल विराटनगरका तीन जना छन् । यस प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या २० हजार ५८८ छन् भने सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ जना छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५०, झापामा ५४, सुनसरीमा छ, इलाम र धनकुटामा तीन–तीन र पाँचथरमा एक जना छन् । यस अवधिमा ४७० जनाको पिसीआर परीक्षणसहित हालसम्ममा कूल एक लाख ८२ हजार ६०७ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि चार हजार ४८८ सक्रिय सङ्क्रमित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *