विश्व/प्रवास

धाँधलीको आरोप लगाउँदै ट्रम्पले हालेको मुद्दा अदालतद्वारा खारेज

trump

७ मंसिर, काठमाडौं । धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ ।

पेन्सिलभानिया राज्यको अदालतले उनको मुद्दा खारेज गरिदिएपछि उनलाई धक्का लागेको हो । ट्रम्पको निर्वाचन अभियानले हुलाक मार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको मुद्दा खारेज गरेका हुन् । ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस