७ मंसिर, सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मेचीनगर ४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । योसँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस