समाचार

कैलालीका सुपथ मूल्य पसल बन्द

Supath pasal kailali

७ मंसिर, कैलाली । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएका सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएका छन् । कैलालीको धनगढी र अत्तरियामा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका हुन् ।

कैलालीमा १५ असोज देखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रित नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड लागेको थियो । असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरेशन धनगढी शाखाले बताएको छ ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् । शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरु सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे । अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरुको छ ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । सुपथ मूल्य पसललाई अव भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट ट्रेडिङ कर्पाेरेसनले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस