समाचार

रौतहटमा मोटरसाइल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

bike accident

७ मंसिर, रौतहट । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी हवल्दार हुन् ।

जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस