
७ मंसिर, काठमाडौं । नेपालमा आइतबार थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस