समाचार

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

covid 19 dead body

७ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

यस्तै, आइतबार नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने अहिलेसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस