अर्थनीति

साताको पहिलो दिन बढ्यो नेप्से, कारोबार रकम करिब ७ अर्ब

Nepal Stok exchange

७ मंसिर, काठमाडौं । साताको पहिलो दिन तीव्र उतारचढाव देखिएको सेयर बजारमा अहिलेसम्मकै उच्च करिब सात अर्बको कारोबार भएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ४.६९ अंकले वृद्धि भएर १७८२.८१ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्से सामान्य वृद्धि हुँदा ६३ हजार ३२४ वटा कारोबारबाट २०१ कम्पनीको एक करोड ५९ लाख ६५ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ । जसकारण अहिलेसम्मकै उच्च ६ अर्ब ८७ करोड ८७ लाख ८८ हजारको कारोबार भएको छ ।

बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर १ हजार ८ सय ११ अंकमा पुगेको थियो । त्यसलगत्तै २५ अंकले बजार घटेपछि बजारमा खरिदकताएको चाप उच्च देखिन थाल्यो । बजारमा खरिदको चाप सुरु भएसँगै मध्यान्हसम्ममा बजार फेरि पुरानै अंकमा फर्किएको थियो ।

त्यसपछिको अढाई घण्टासम्म भने बजार घट्दो क्रममा रह्यो । बजारमा बक्रिेताको चाप देखिँदा खरिदकर्ताहरुले मूल्य घटाएर सेयर उठाए । बजार बन्द हुनुभन्दा आधा घण्टा अघिसम्म पनि नकारात्मक अवस्थामा रहेको कारोबारले अन्तिम समयमा रिकभर गर्दा परिसूचकमा झिनो सुधार आएको हो ।

यो दिन बजारमा वाणिज्य बैंक समूहमा उछाल देखियो । बिहीबार ३६ अंकले बजार बढेर पनि बढ्न नसकेको वाणिज्य बैंक समूह आइतबार भने अरु समूहमा गिरावटका बाबजुद पनि उत्साहजनक ढंगले बढ्न सफल भयो । विकास बैंक र अन्य समूहमा झिनो वृद्धि हुँदा व्यापारमूलक र होटल समूहले भने उच्च दरको गिरावट व्यहोर्न बाध्य भयो ।

आइतबार सिटिजन्स म्युचुअल फण्ड–२ र जेविल्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा प्रभु बैंक, नबिल बैंक, अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको शेयरमूल्ष्यमा उच्च वृद्धि देखियो । माउन्टेन हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, साल्ट ट्रेडिङ लगायतको सेयरमूल्यमा भने उच्च गिरावट आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस