समाचार

चिकित्कलाई कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल बन्द

covid 19

७ मंसिर, हुम्ला । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बर्ताए । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

कोरोना जोखिमका कारण सबै विद्यालय बन्द  

कोभिड–१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मङ्सिर ५ गतेदेखि बन्द भएका छन् । उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका–६ को याल्वाङ्ग गुम्बामा आठजनामा कोरोना सङ्क्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मङ्सिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस