समाचार

पढाइ नभएको समयको शुल्क लिइएकामा जनमोर्चाको आपत्ति

nmb thumnail

७ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरिन् । पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौनजन्य हिंसाबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकामाथि बलात्कारका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार ३९३ बालिका बलात्कारबाट पीडित भएको देखिएको छ । त्यसमध्ये २५ बालिका सामूहिक बलात्कारको शिकार भएका छन् । दश वर्षमुनिका २७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालकसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको थियो  ।

बालबालिकामाथि हुने हिंसा, बलात्कार, यौन तथा श्रम शोषणका घटना हुन नदिन  र दोषीलाई कारबाही गर्न पनि  पार्टीले माग गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस