समाचार

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा

griha mantralaya

७ मंसिर, काठमाडौं । काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा काली पराजुलीलाई पठाइएको छ । काठमाडौंमा हाल कार्यरत जनकराज दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेम भट्टराईलाई सरुवा गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार सूर्य सुवेदीले बताए । भक्तपुरमा हाल कार्यरत सिडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा बन्धु बाँस्तोलालाई सरुवा गरेको छ । बाँस्तोला डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । भक्तपुरमा सरुवा भएका सिडिओ भट्टराई चाहिँ धनुषामा कार्यरत थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस