समाचार

प्रदेश १ मा ३११ सङ्क्रमित निको, २१४ थप

covid 19 test

७ मंसिर, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २० हजार ८९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  प्रदेशमा ८०७ जनाको पिसीआर परीक्षण गरिएकामा ७८ महिलासहित २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७३ मध्ये विराटनगरमा ३४, सुनसरीका ५३, झापाका ५०, सङ्खुवासभा र इलामका छ/छ, खोटाङका तीन, उदयपुरका दुई, धनकुटा र पाँचथरका एक/एक र प्रदेश बाहिरका १९ जना रहेका  छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस