विश्व/प्रवास

मेरील्याण्डमा ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालको लागि उम्मेदवारीको घोषणा

harry bhandary

८ मंसिर, अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधान सभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारी दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् ।

महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ । विधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत आफू उम्मेदवारी दिने भएको जानकारी दिएका थिए।

उक्त जुम कार्यक्रममा विभिन्न विशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरी कूल २६ हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए । उपस्थित भएका दर्जनौँ विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

सबैले पुन: एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए । भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुन :एक पटक सहयोग मागेका थिए ।

भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य विधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् । नेपालको पर्वत जिल्लाबाट उनी सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस