समाचार

बागलुङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

road accident

८ मंसिर, बाग्लुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस