समाचार

रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुँदा २ युवकको मृत्यु

bike accident

८ मंसिर, रुपन्देही । रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।

लुम्बिनी प्रहरी प्रहरी कार्यालयका अनुसार गम्भीर घाईते उनीहरुलाई क्रिम्सन अस्पताल माणिग्राममा उपचार गर्न लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस