समाचार

गण्डकीमा १२९ जना सङ्क्रमित थप, १६७ निको

covid19 nepal

८ मंसिर, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् ।

पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस