
८ मंसिर, रौतहट । चार वर्ष अगाडि एघार वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । वि.सं. २०७३ फागुन ९ गते जिल्लाको साविक विश्रामपुर गाउँ विकास समिति हाल वृन्दावन नगरपालिका बस्ने एघार वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका ३२ वर्षीय नागेश्वर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार अपरान्ह साढे चार बजे गढीमाई नगरपालिका–१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना ६४ प ४५०३ नं.को पल्सर मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए ।
पक्राउ परेका यादवलाई रौतहट जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस