समाचार

कोरोनाले खोस्यो पाँच वरिष्ठ चिकित्सक

covid 19

९ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा. धु्रब मुडभरीको निधन भएको थियो । उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी ओम अस्पतालका पूर्व संस्थापक भएको डा. भोला रिजालले जानकारी दिए ।

अस्पतालका अनुसार मुडभरीमा ९ दिनअघि कोरोना पुष्टि भएसँगै ओम अस्पतालमै उपचाररत थिए । उपचारको पाँचौं दिन खोपको मात्रा पुरा भएपछि डिस्चार्ज भएर घर गएकै भोलिपल्ट बेहोस भएपछि फेरि उनलाई ओम अस्पतालमै लगेर उपचार गरिएको थियो । दोस्रोपटक भर्ना गरेको तीन दिनमै उनको मृत्यु भएको हो ।

कोरोनाले फोक्सोमा क्षतिपुगेपछि श्वास–प्रश्वासमा अवरोध भई निधन भएको डा. रिजालले जानकारी दिए। ओम अस्पतालको स्थापनाकालदेखि नै सेवारत डा. मुडभरीको निधनले चिकित्सा सेवामा क्षति पुगेको र आफूलाई दुखी तुल्याएको डा. रिजालले बताए । स्वर्गीय मुडभरीले ओम अस्पतालमा ३१ वर्ष सेवा गरेका थिए ।

कोरोना संक्रमणको कारण चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. सुनिलचन्द्र झाको पनि एक साताअघि मृत्यु भएको थियो । त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनको कोरोनाको कारण बहुअंग बिगे्रर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसैगरी इशान अस्पतालका डा. तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनको गत कात्तिकको अन्तिम साता मृत्यु भएको थियो ।

असोज १५ गते कोरोना संक्रमणको कारण सुर्खेत अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको थियो । गत कात्तिक १६ गते वरिष्ट चिकित्सक डा. निलम अधिकारीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डा. अधिकारीसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा हालसम्म ५ जना चिकित्सकको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । पाँचजना चिकित्सकसहित हालसम्म १२ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको अधिकारीले जानकारी दिए । ‘अहिलेसम्म हामीलाई यति मात्र जानकारी प्राप्त भएको छ, थप पनि हुन सक्छन् ’ उनले भने । कोरोना भाइरस संक्रमणले समुदायमा मृत्यु बढ्दै गएपछि चिकित्सकहरुको पनि पेशाको कारण संक्रमित हुन गई मृत्यु भएको उनले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस