समाचार

एकै दिन सुनको मूल्य तोलामा १८ सयले घट्यो

today gold price

९ मंसिर, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस