विश्व/प्रवास

उत्तर अफगानिस्तानमा हवाई आक्रमण, ६ जना तालिबानीको मृत्यु

afghanistan bomb attack

९ मंसिर, अफगानिस्तान । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा ६ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ ।

अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ । रिपोर्टहरु अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भूभागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ ।

ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकाहरुमा भिषण आतंकवादी हमलाहरुले गर्ने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस