
९ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ।
उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता राजु रिजालले जनाकारी दिए । तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए ।
हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो ।
प्रतिक्रिया दिनुहोस