अर्थनीति

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झन्डै ६ अर्ब

Nepal Stok exchange

९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७८०.८३ बिन्दुको सुरु भएको कारोबार २९.२८ विन्दुले वृद्धि भई १८१०.११ मा पुगेको छ । यस दिन ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा १ सय ९६ कम्पनी सामेल भए ।

पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकमले उत्साह देखाएको छ । आज होटल समूह बाहेक सबै समुह बढेको छ । सेयर बजारले मंगलबार १८ सयको मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।

बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता परेका छन । यसको भाउ ३.२० प्रतिशतले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको कारोबार बढी भएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदरका कारण पनि  बजार बढ्न मदत पुगेको लगानीकर्ताहरु बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस