९ मंसिर, गुल्मी । कोभिड १९ संक्रमणको स्वाब परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले भोलि मंसिर १० गते देखि १२ गते दुई दिनसम्म सदरमुकाम तम्घाससहित रेसुङ्गा नगरपालिका बैंक तथा वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै स्वाब संकलन गर्ने कार्य भइरहेकाले बैंक बन्द गर्न लागिएको जानकारी गराएको छ । स्वाब संकलन गरिएका व्यक्ति र पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका व्यक्तिहरूले घरमा नै सुरक्षित भएर आइसोलेसन बस्न समेत प्रशासनले सचेत गराएको छ ।
प्रशासनको सूचनाको अटेर गरी स्वाब दिएका र पोजेटिभ रिपोर्ट आएकाहरू जथाभावी हिँडेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस