समाचार

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आयो, अनिष्टको खतरा !

dolakha bimeshwor mandir

९ मंसिर, दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनको भनाइ छ । शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास रहिआएको छ ।

dolkha notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस